धादिङको त्रिपुरासुन्दरी दम्पती हत्याबारे अनुसन्धान जारी
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मुलपानीस्थित आहालेमा सोमबार बिहान मृत भेटिएका दम्पतीको हत्या बारे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान टोलीले घटनास्थलको अनुसन्धान गरेको छ ।
केन्द्रिय अनुसन्धान टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान थालेको हो ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका ७५ वर्षिय विष्णु बहादुर आलेमगर र उनका श्रीमती ६८ वर्षिय निरमाया आलेमगर आफ्नै घरमा हत्या गरिएको अवस्थामा सोमबार बिहान भेटिएका हुन् ।
हत्या गरिएका दम्पति जस्ता र काठको कच्ची घरमा बस्दै आएका थिए ।
विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा भेटिएको थियो । निधारमा र दाहिने आँखामाथी गहिरो चोट छ । निरमायाको शव घरभित्रै भेटिएको छ ।
घटनास्थल वरपर शंकास्पद केही देखिदैन । चोट लागेको ठाउँमा रगतका टाटा मात्रै देखिन्छ । तर, घटनाको प्रकृति हेर्दा हत्या नै हो भन्न सकिन्छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्री भन्छन्- ‘घरभित्र भएको निरमायाको शव र घर बाहिर खाटमा नै भएको विष्णुबहादुरको शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान अनुसार नियोचित ढंगबाट हत्या भएको देखिन्छ ।’
हत्या भएका दम्पतिको एक छोरी र छोरा छन् । छोरा काठमाडौमा डेन्टल क्लिनिक चलाउदै आएका छन् भने छोरी विवाह पश्चार श्रीमानसंगै काठमाडौंमा बस्दै आएका छन् ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात् प्रहरीले शवलाई पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी गरिरहेको छ । घटना स्थल पुग्न जिल्ला सदरमुकाम धादिङबेसीबाट करिव तीन घण्टा लाग्छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : ##धादिङ, #त्रिपुरासुन्दरी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्