भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडाैँ, २४ चैत । भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
भिक्षु अश्वघोष महास्थविरको शुक्रबार निधन भएको थियो । रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्या देखिएको र उपचारकै क्रममा उनको निधन भएको थियो ।
भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ । चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटबाट प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रियसभाका सदस्य थिए ।
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिको रुपमा तत्कालीन नेकपा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।
२०५१ सालमा भिक्षु अश्वघोष लुम्बिनी विकास कोषका उपाध्यक्ष भई काम गरेका थिए । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । भिक्षु संघको तालिमको अवधारणा भित्र्याउने श्रेय पनि यीनैलाई जान्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भिक्षु अश्वघोष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्