भारतका लागि ‘कम्फरटेबल’ बनेको सरकार भारतीय ज्यादतीविरुद्ध निरीह: अध्यक्ष बराल
काठमाडौं । दार्चुला घटनामा सरकार मौन रहेकोप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ।अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण जनाएकी हुन्।
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार स्थित नेपाल–भारत जोडने पक्की पुलमुनि महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले एकतर्फी रूपमा अनधिकृत तवरले पक्की संरचना बनाउँदै गर्दा नेपाली युवाहरूले विरोध प्रदर्शन गर्दा भारतीय पक्षको ढुंगा लागेर ४ जना स्कुलमा खेलिरहेका वालकहरू घाइते भएको भएका छन्। बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा मात्र तीन पटक सीमा विवादका कारण स्थानीयहरू बीच वारिपारि ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदा समेत सरकार मौन छ, उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।’
सरकार निर्माण अगाडि नै सत्ता गठबन्धनका नेताले सार्वजनिक रूपमा नै भारतको लागि समेत कम्फरटेबल सरकार निर्माण गर्छौं भन्नु, तुइन तर्ने क्रममा भारतीय पक्षबाट तुइन काटेर नेपाली युवा जयसिंह धामी र सीमा मिचेर सडक निर्माण गर्दै गर्दा भएको विस्फोटमा परी नेपाली बालक पवन महराको मृत्यु हुँदा समेत देउवा नेतृत्वको गठबन्धन सरकार मौन रहनुले पनि सरकार कति निरीह रहेको प्रष्ट भएको उल्लेख गरेकी छन्।
‘भूगोलमा मुलुक सानोठूलो हुन्छन् तर राष्ट्रियता र सार्वभौमिकतामा मुलुकहरू समान हुन्छन् भन्ने बिर्सिएर भारतीय पक्षको हेपाहा प्रवृत्तिको कुनै प्रतिक्रिया नजनाउनुले नेपाल सरकार देशको सार्वभौमिकता र आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुँदै गएको स्पष्ट भएको छ विज्ञप्तिमा भनिएको छ। अनेरास्ववियु आफ्नो देशको सीमा र सीमा क्षेत्रका नागरिकहरूको जीवन रक्षा गर्न नेपाल सरकारसँग माग गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुनिता बराल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्