गगनलाई प्रधानमन्त्री बनाउन विश्वप्रकाशको साथ,सभापति देउवालाई रोक्लान त ?
काठमाडौं । वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा कांग्रेसका दुई महामन्त्री नै देउवाविरुद्व उभिने भएका छन् ।
कांग्रेस महामन्त्री गगन थापा यो पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका बेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनलाई भरपुर साथ दिइरहेका छन् । शर्माले यसअघिनै सार्वजनिक रुपमै थापालाई प्रधानमन्त्रीमा आफूले समर्थन गर्ने बताउँदै आएका छन् ।
यसैबीच मंगलबार साँझ महामन्त्री शर्मा अर्का महामन्त्री थापाको घरमै पुगेका छन् । भेटमा दुई महामन्त्रीले एक अर्कालाई जितको शुभकामना पनि दिएका छन् ।
सामाजिक सञ्जालमा गगनसँगको फोटो पोष्ट गर्दै शर्माले अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने भाव बोकेको क्याप्सन लेखेका छन् । अग्रजहरुको विश्वास जितेर संयम भएर देशको नेतृत्व सम्हाल्नुपर्ने शर्माले लेखेका छन् ।
पछिल्लो समय पार्टीमा दुई महामन्त्री मिलेर एकलौटी गर्न खोजेको आरोप पनि पार्टीकै कतिपय नेताहरुले लगाइरहेका छन् । पार्टीका वरिष्ठ नेताहरुलाई बाइकट गर्दै प्रधानमन्त्री एक जना बन्ने र अर्का महामन्त्री पार्टी अध्यक्ष बन्ने खेलमा लागेको अधिकांशले आशंका गरिरहेका छन् ।
अहिले दुई महामन्त्री पार्टीभित्रकै नवनिर्वाचित सांसदहरुलाई फकाउन व्यस्त छन् । दुई महामन्त्री संसदीय दलको चुनावमा देउवालाई हराएर नेतृत्व हातमा लिने दौडमा लागिरहँदा कति सफल रहलान् त्यो त भावी दिनमा नै थाहा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्