यस्तो छ कर्णालीको निर्वाचन नतिजा
कर्णाली। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा झरेको छ ।
विसं २०७४ को निर्वाचनमा कर्णालीका १२ मध्ये छ क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । तर कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ एमाले शून्य भयो ।
प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ । प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल माओवादी केन्द्र र कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन् भने एमालेले प्रदेशतर्फ पाँच सिटमा जित हात पार्दा एक जना स्वतन्त्र सदस्यमा प्रवेश गर्दै छन् । पार्टीगतरूपमा हेर्दा कांग्रेसका नौ र माओवादी केन्द्रले पनि नौ सिटमा जितेका छन् ।
प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको कांग्रेस माओवादी गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको मत जोड्दा कर्णालीमा दुईतिहाइको सरकार बन्ने देखिन्छ ।
अहिलेसम्मको समानुपातिकको नतिजाको प्रतिशतलाई हेर्ने हो भने कर्णालीमा एमालेको बढीमा पाँच सिट आउने देखिन्छ । एमालेको पाँच सिट समानुपातिकतर्फ आएका खण्डमा उक्त पार्टीको प्रदेशसभा सदस्य सङ्ख्या १० पुग्ने छन् भने गठबन्धनमा आवद्ध दलको समानुपातिकतर्फ ११ सिट आउने देखिन्छ । यसमा माओवादी केन्द्रको छ र कांग्रेसको पाँच सिट समानुपातिकमा आउने सङ्केत देखिन्छ ।
यसरी कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यको सङ्ख्या २९ हुने छ । बहुमतको सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ भने यी दुवै दलसँग दुइतिहाइभन्दा बढी सदस्य हुनेछन् ।
सत्ता समीकरण बदलिएको खण्डमा तीनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहिलो प्रयास गर्नेछन् । समीकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनका लागि एमाले निर्णायक ‘पोजिसन’मा हुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णाली प्रदेश, #यस्तो छ कर्णालीको निर्वाचन नतिजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्