विश्वकप फुटबल: पोल्याण्डले साउदीलाई २-० ले हरायो
काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गर्दा पोल्याण्ड कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ ।
एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए ।
८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै विश्वकपमा गोलको खाता खोले । पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै शनसनी मच्चाएको साउदीले भने पोल्याण्ड विरुद्ध पेनाल्टीमा पनि गोल गर्न सकेन ।
एक गोलले पछि परेको अवस्थामा साउदीले बराबरी गर्ने अवसर पाएको थियो । तर अर्जेन्टिना विरुद्ध गोल गरेका सालेम हल दावसरी पेनाल्टीमा चुके । उनको प्रहार पोल्याण्डका वेस्जी सेज्नेले बचाएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साउदीले पोल्याण्ड भन्दा बढी बल पोसेसन राखेको थियो । गोलका लागि पनि साउदीले नै धेरै अवसर बनाएको थियो । तर फिनिसिङ गर्न सकेन ।
पहिलो खेलमा मेक्सिको विरुद्ध गोलरहित बराबरी खेलेको पोल्याण्डले पहिलो जितपछि अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पोल्याण्ड दुई खेलबाट ४ अंक जोड्दै समूह सी को शीर्ष स्थानमा छ ।
साउदी ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्याण्डले अब अन्तिम खेल अर्जेन्टिनासँग र साउदीले मेक्सिकोसँग खेल्नेछ । आजै मध्यरातl अर्जेन्टिनाले गर या मरको खेलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोल्याण्डले साउदीलाई २-० ले हरायो, #विश्वकप फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्