म्याग्दीको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, एमाले पहिलो पार्टी
म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको अन्तिम मत परिणाम पनि आज शुक्रबार सार्वजनिक भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको हाे । प्रतिनिधि सभातर्फ नेकपा एमालेको सूर्य चिन्हमा १८ हजार २ सय ७३ मत परेको छ भने नेपाली कांग्रेसको रुख चिन्हमा १३ हजार ६ सय ९३ मत परेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रकाे हसियाँ हथौडा चिन्हमा ९ हजार ७० मत परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हमा ३ हजार ५ सय ७९ मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे हलो चिन्हमा १ हजार २ सय ५३ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादी पार्टीलेे भने २ सय ८५ मात्र मत परेको छ ।
त्यसैगरी प्रदेश समानुपातिक तर्फ पनि नेकपा एमाले नै पहिलो पार्टी बनेको छ । नेकपा एमालेको सूर्य चिन्हमा १९ हजार १ सय २१ मत परेको छ भने कांग्रेसको रुख चिन्हमा १५ हजार ७ सय ३३ मत परेकाे छ ।
त्यस्तै, माओवादीले ७ हजार ४ सय ३ मत प्राप्त गरेको छ भने नेशनल मंगोल अर्गनाइजेसनले १ हजार २ सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १सय ४३ र हाम्रो नेपाल पार्टीले ४ सय ९१ मत प्राप्त गरेकाे छ भने नेकपा एकीकृत समाजवादी पार्टीकाे कलममा ४ सय ८४ मत मात्र परेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सय ४९ मत प्राप्त गरेकाे छ भने जनमत पार्टीले १सय ९ र नेकपा मालेले १ सय १ मत मात्र प्राप्त गरेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #म्याग्दी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्