धादिङमा गठबन्धनलाई झड्का, धादिङ- २ को प्रदेश (२) मा राप्रपाका डम्बर तामाङ विजयी
धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा राप्रपाका डम्बर तामाङ विजयी भएका छन् ।
नेकपा एमालेसंग तालमेल गरेर चुनाव लडेका तामाङ्ले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडालाई एक सय ३१ मतले पछि पार्दै विजयी भएका हुन् ।
प्रारम्भिक मत परिणाम अनुसार राप्रपाका तामाङले १४ हजार चार सय ८१ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्दी सिंखडाले १४ हजार तीन सय ५० मत ल्याए ।
राप्रपाले आफ्नो पकड मान्दै आएको यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको साथ लिएर चुनावी मैदानमा होमिएका माओवादी केन्द्रका सिंखडालाई गठबन्धनभित्रैका पार्टीका कार्यकर्ताले धोका दिएको समर्थकहरुले प्रतिक्रिया दिएका छन् । गठबन्धनप्रती असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताहरुले पनि सामाजिक संजालमा आक्रोश पोखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #डम्बर तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्