शशाङ्क कोइराला लगातार चौथो पटक विजयी
काठमाडौँ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।
कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रबाट उहाँले लगातार चौथो पटक जित हासिल गर्नुभएको हो ।
विसं २०४८ देखि नेपाली कांग्रेस विजयी हुँदै आएको नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट बिपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइराला पछिल्ला चार निर्वाचनमा विजयी हुनुभएको छ ।
डा २०१५ साल कात्तिक ८ गते विराटनगरमा जन्मिनुभएको हो । उहाँ २०६४ सालको संविधान सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको थियो ।
त्यसयताका आमनिर्वाचनमा उहाँ विजयी हुँदै आउनुभएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट उहाँ एक मात्र विजयी हुनुभएको थियो । यस पटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल हुनुभएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शशाङ्क कोइराला, #शशाङ्क कोइराला लगातार चौथो पटक विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्