अस्पताल लैजादै गर्दा एम्बुलेन्समै जन्मियो छोरो, तर अस्पतालले बच्चा नै साटेर ४ घन्टा पछि थमायो छोरी
आफ्नो सन्तान चोरेर अस्पतालले अरुको सन्तान भिडाइ दिने गरेको दृष्य फिल्म वा नाटकमा प्रशस्त देख्न पाइन्छ । तर, सुर्खेतका एक दम्पत्तिको वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।
चौकुने गाउँपालिका–५ मायातालका नविन गहत्तराज र भावना गहत्तराज सन्तान जन्माउनका लागि भारतको जिल्ला अस्पताल पिथौरागढ पुगेका थिए । अस्पताल नपुग्दै एम्बुलेन्समै छोरो जन्मियो । थप समस्या नहोस भनेर उनीहरु जिल्ला अस्पताल पिथौरागढ पुगे । तर, अस्पताल पुगेको चार घण्टा पछि बच्चा बद्लियो । छोरोको ठाउँमा अर्कैको छोरी ल्याएर राखियो ।
‘अस्पताल नपुग्दै बिचबाटोमा एम्बुलेन्समै बच्चा जन्मियो, नविनले भने ‘बच्चालाई केही समस्या नहोस् भनेर अस्पालमै लगौं तर चार घण्टापछि अस्पतालले छोरी थमायो ।’‘मेरो छोरो नै जन्मिएको हो, दायाँ आँखाको नजिकै कोठी पनि छ ।’नविनले भने ‘छोरी मेरो होइन, नभए डिएनए टेष्ट गरौं भन्दा पनि अस्पतालले मानेन ।’ छोरो नै जन्मिएको भनेपनि अस्पतालले जबरजस्ती अर्कैकी छोरी थम्माइ दिएको उनीहरुको भनाई छ ।
छोरो जन्मिएको एम्बुलेन्समा भएका डाक्टर र एम्बुलेन्स चालकले समेत देखेको तर आफूसँग फोटो नखिचेकै कारण प्रमाण नभएपछि अस्पतालले छोरी दिएको दम्पत्तिको भनाई छ । मजदुरीका लागि केही महिनाअघि भारतको पिथौरागढ पुगेका उनीहरु अस्पतालले दिएको छोरी लिएर सुर्खेत फर्किएका छन् ।
यही माघ २ गते सुत्केरी बेथा लागेपछि गहत्तराज दम्पत्ति अस्पताल पुगेका थिए । तर बच्चा बाटोमै जन्मिएको थियो ।छोरा साट्ने अस्पताल र घटनामा संलग्न डाक्टर बिरुद्ध कानूनी प्रक्रिया अपनाउदा पनि अस्पतालले प्रहरी प्रशासन लगायर अनावश्यक दुःख दिएको उनीहरुको भनाई छ । ‘हामीले अर्काको बच्चालाई पनि राम्रैसँग राखेका छौँ ।’ नविनले भने ‘डिएनए टेष्टका लागि पहल गरी दिनुपर्यो ।’
कानूनी प्रक्रियाबाट छोरा दिलाइदिन नविनले नेपाल सरकारलाई अनुरोध गरेका छन् । छोरा चोर्ने अस्पताललाई कारबाही र छोरा दिलाइदिन सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेका छन् । तर प्रशासनले पनि भारतको कुरा केही गर्न नसक्ने भनेर फर्काएको गुनासो छ ।यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने घटनाको विवरण बुझेपछि कानूनी प्रक्रियाका लागि राजदुताबासलाई खबर गर्न सकिने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अस्पतालले अरुको सन्तान भिडाइ दिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्