विश्वकप फुटबल : जर्मनीविरुद्ध जापानको शानदार जीत
काठमाडौं । चार पटकको विजेता जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।
खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधवार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आस्नोले गोल गरे । भने जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे ।
खेलको ३३औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत गरेको गोलमा अग्रता लिएको जर्मनीले अन्तिमसम्म त्यसलाई बचाउन सकेन ।
मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोआनले गोल गर्दै जर्मनीविरुद्ध खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
उनी ७४औँ मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ले सुनिश्चित गरे ।
जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ ।
जर्मनीले ९९९४ देखि सुरुआती अग्रता लिएर पहिलो पटक विश्वकपको पहिलो खेलमा पराजय बेहोरेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #जर्मनीविरुद्ध जापानको शानदार जीत, #विश्वकप, #विश्वकप फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्