समानुपातिकतर्फ एमाले २ लाख १० हजार बढी मतसहित शिर्ष स्थानमा
काठमाडौं । जारी मतगणनाको समानुपातिकतर्फ नेकपा एमालेले २ लाख १० मत कटाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ २ लाख १० हजार ३८३ मतसहित एमाले शिर्ष स्थानमा रहेको छ ।
आयोगका अनुसार नेपाली कांग्रेस १ लाख ८७ हजार २७५ मतसहित दोस्रो स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टी ९७ हजार ७०५ मतसहित तेस्रो स्थानमा रहेको छ ।
नेकपा माओवादी केन्द्र ८६ हजार ९६३ मतसहित चौथो स्थानमा रहेको छ भने राप्रपा ५० हजार ३४५ मतसहित पाँचौ स्थानमा रहेको छ ।
यसैगरी, जनता समाजवादी पार्टीले १५ हजार ९८८, जनमत पार्टीले १५ हजार ६६१, नेपाल मजदुर किसान पार्टीले १२ हजार ८३४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ११ हजार २८५ मत ल्याउँदै नवौं स्थानमा रहेको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले ९ हजार ८२० मत ल्याउँदा अन्य पार्टीहरुको ४४ हजार ४२७ मत रहेको आयोगको तथ्याङ्क छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्