बहुबिवाहको आरोपमा गृहमन्त्री खाँणविरुद्व आयोगमा उजुरी
काठमाडौं । बहुबिवाहको आरोप लगाउँदै गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले बहुबिवाह गरेको भन्दै उम्मेदवार बन्न योग्य नरहेको भन्दै आयोगमा उजुरी परेको हो ।
अधिवक्ता तारा बरालले लगायतले खाँडविरुद्व उजुरी दर्ता गराएका हुन् ।
गृहमन्त्री खाँणले निर्वाचन आयोगमै बुझाएका दुई विवरणहरुमा रुपन्देहीमा श्रीमतीको नाम दिलमायाँ खाँण र तिलोत्तमामा पेश गरिएको साथै नेपाली कांग्रेसका प्रतिनिधिसभा समानुपातिक महिला उम्मेदवार मञ्जु खाँणले श्रीमानको नाम बालकृष्ण खाँण नै पेश गरेको पाइएको उजुरीमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बहुबिवाहको आरोपमा गृहमन्त्री खाँणविरुद्व आयोगमा उजुरी, #बालकृष्ण खाँण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्