वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक
काठमाडौं । वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक लगाएको छ ।
उडानका क्रममा एक युट्युबरलाई ककपिटमै अन्तर्वार्ता दिएपछि निगमले लामालाई कारबाही गर्दै उडानमा रोक लगाएको हो ।
उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व अनुमति लिनुपर्ने हुन्छ ।
५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पनि निगमले निर्देशन दिएको छ ।
एभिएसन भ्लगर साम चुईले दुबई–काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक, #विजय लामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्