निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षकधिरजप्रताप सिंहको निर्देशन
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिनुभएको हो । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उहाँले भन्नुभयो ।
प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिनुभयो ।
उहाँले निर्वाचनमा केही उच्शृङ्खल तत्वले बिथोल्न खोज्छन् भन्ने त्यसप्रति सजग रहन आग्रह गर्नुभयो । निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्याङ्कनको हुने प्रहरी महानिरीक्षक सिंहले उहाँको भनाइ छ । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले स्रोत–साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #धिरजप्रताप सिंह, #निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षकधिरजप्रताप सिंहको निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्