पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई सम्मान गर्छु: सन्दीप लामिछाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आज शुक्रबार आदेश दिएको छ । उक्त आदेशको आफूले सम्मान गर्ने उनले बताएका हुन् । सन्दीपले आफ्ना कानुन व्यवसायीहरूमार्फत अदालतको आदेशलाई सम्मान गर्ने बताएका हुन् ।
बुधबार, बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने छन् । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।
एक किशोरीले बलात्कार गरेको उजुरी दिएपछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्