सन्दीपविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर, आजदेखि थुनछेक बहस हुने
काठमाडौं जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि आजदेखि थुनछेक बहस हुनेछ ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।
प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिनुभएको छ ।
लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले उहाँलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीपविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्