कमिसनखोर मालपोत हाकिमलाई मत्रीको धाप
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले मालपोत कार्यालय अनुगमन गर्दै आएकी छन् । उनले अनुगमनका क्रममा चावहिल मालपोत कार्यालय अर्कै भवनमा सार्न निर्देशन दिएको समाचार सार्वजनिक भयो ।
मन्त्रीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नदिएकोबारेमा चासो राख्नु स्वभाविक भए पनि कार्यालय भवन सार्न निर्देशन दिएको बिषयले चावहिल मालपोत कार्यालयका कामु कार्यालय प्रमुख पदम अर्याललाई ‘के खोज्छस् ‘ आँखो’ भएको छ ।
मन्त्री अर्यालले चावहिल मालपोत कार्यालय आफ्नै भवनमा सार्न निर्देशन दिएको भए त्यसलाई स्वभाविक मान्न सकिन्थ्यो । तर अर्को भाडाको घर खोजेर सार्न निर्देशन दिएपछि कार्यालय प्रमुख पदम अर्याल अहिले धुईपत्ताल भवनको खोजीमा जुटेका छन् । नयाँ कार्यालयका लागि भवन खोज्ने क्रममा उनीहरुले कमिसनको मोलमोलाई गर्दै आएका छन् ।
कार्यालय प्रमुख पदम अर्याल र खरिदार लक्ष्मण बस्नेत अहिले मालपोत कार्यालयका लागि भवनको खोजीमा जुटेका छन् । उनीहरुले ५० प्रतिशत कमिसन दिने घर खोजी गर्दै आएका छन् । भूकम्पभन्दा अघि नै मालपोत कार्यालय चावहिलको गंगाहिटीको घर भत्किएपछि हालको भवनमा सारिएको थियो । गंगाहिटीमै मालपोत कार्यालयको भवन छ ।
तर, मन्त्री अर्यालले आफ्नो भवनमा मालपोत सार्नका लागि निर्देशन दिनुपर्नेमा भाडाको घर खोज्नू भनेपछि कामु कार्यालय प्रमुख पदम अर्याललाई कमिसन खान सहज भएको हो ।
उनी मन्त्रीको नाम लिंदै भवन भाडामा कमिसनको बार्गेनिङ गरिरहेका छन् । मालपोत कार्यालय आफ्नै भवनमा सार्दा मासिक रुपमा २ लाख रुपैयाँ सरकारी कोषको रकम बचत हुन्छ ।
तर, मन्त्रीले नै आफ्नो भवनमा कार्यालय नसारी भाडामा सार्नू भनेपछि कार्यालय प्रमुख पदम अर्यालको कमिसन खाने बाटो खुल्ला भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पदमा अर्याल\, #मालपोत कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्