Techie IT
मंगलबार, साउन १,२०८१

राष्ट्रपतिको पक्षमा एमाले निकट अखिलको प्रदर्शन


नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’, जस्ता नारा लगाएका थिए ।

राष्ट्रपति विद्या भण्डारीले संविधानको प्रावधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नागरिकता विधेयक, #नेकपा एमाले, #राष्ट्रपति, #राष्ट्रपतिको पक्षमा एमाले निकट अखिलको प्रदर्शन, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545