नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।
पार्टीले बन्द सूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिनुभयो ।
उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको, कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएको लगायतलाई आधार बनाइएको महासचिव भुसालले जानकारी दिनुभयो ।
संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उहाँले जानकारी दिनुभयो ।
रासस
क्याटेगोरी : समाचार
ट्याग : #एकीकृत समाजवादी, #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्