Techie IT
शनिबार, असोज २४,२०८३

जितिया पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्छ : राष्ट्रपति


काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले जितिया पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।जितिया पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाटभूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसीसम्मान, सद्भाधव र सहिष्णुताको भावना जागृत गर्दैबृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बताउनुभएको हो ।

उहाँले हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नु आवश्यक रहेको बताउनु भएको छ । साथै प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषीविभेदजन्य अभ्यासहरूलाई भने समय सापेक्ष सुधार गर्दै जानु पनि जरूरी रहेको उल्लेख गर्नुभएको छ । ‘विधि र प्रक्रियापूर्वक इमान्दारीका साथ गरिने कार्यबाटमात्र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने सन्देश बोकेको जितिया पर्वले हाम्रो व्यक्तिगत जीवनर राष्ट्रको जीवनमा समेतसकारात्मक परिवर्तनल्याउनका लागि इमान्दारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति, #विद्यादेवि भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्