डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदै
धनगढी ।चिकित्सा क्षेत्र सुधार लगायत सात बुँदे माग राख्दै धनगढीमा अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसियुमा राखेर उपचार थालिएको छ। डा.केसीले गत सोमबारदेखि धनगढी स्थित धर्मशाला पुगेर आमरण अनसन सुरु गर्नुभएको थियो ।
डा.केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि हाल उहाँलाई सेती प्रादेशिक अस्पतालको आईसियू राखेर उपचार थालिएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको रक्तचाप, सुगरको मात्रा घट्दै जानुका साथै श्वासप्रश्वास, मुटुको धड्कनमा गडबडी हुने जस्ता स्वास्थ्य समस्या देखिएको छ ।
यसैबिच राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अस्पतालमा उपचाररत डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय निर्देशक मोहन जोशी नेतृत्वको टोलीले अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोविन्द केसी, #डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्