रोटरी,रोट्रयाक्ट र युनि क्याम्पस ग्लोबलको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुदै
तनहुँ संवाददाता
तनहुँ, ४ फागुन- दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । आगामी चैत ६ गते फागुपुर्णिमाको अवसरमा रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल (वैदेशिक शिक्षा परामर्शदाता) को संयुक्त आयोजनामा दमौलीमा होली महोत्सव गर्न लागिएको हो ।
होली महोत्सवका बारेमा जानकारी गराउन शनिवार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना अादान प्रदान गर्ने र सामाजिसद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए । मनोरञ्जनको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होली महोत्सव अायोजना गर्न लागिएको श्रेष्ठले प्रष्ट पारे ।
सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लगायतका खेलहरु पनि महोत्सवमा समाबेश गरिने छ । होलीलाई विशेष बनाउनका लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । १४ घण्टा सम्म चल्ने यस कार्यक्रममा पुरै डिजेको म्युजिक दिनै भरि हुनेछ । पानीको फोहोरा समय समयमा ठाउँ ठाउँमा अाउने हुँदा महोत्सवमा थप आकर्षण बढने आयोजकको दाबी छ ।
कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ दमौली अध्यक्ष बिपिन श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको रोट्रयाक्ट क्लबका अागामी वर्षका अध्यक्ष मनोज राउतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #रोटरी, #रोट्रयाक्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्