बलात्कार आरोपबारे सन्दीपले मुख खोले
काठमाडौं । बलात्कार आरोपमा आफूविरुद्ध मुद्दा दायर भएपछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने भएका छन् ।
उनले सीपीएल छोडेर नेपाल फर्किन लागेको सामाजिक सन्जालमार्फत बताएका छन् । उनले आफू निर्दोष रहेको दावी गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत आफू आधारहीन आरोपको सामना गर्न तयार रहेको बताएका छन् ।
क्यानले सन्दीपलाई बिहीबार एक विज्ञप्ति जारी गर्दै निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौं जिल्ला अदालतले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
एक १७ वर्षीया किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाउँदै गौशाला प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्