Techie IT
मंगलबार, असोज २०,२०८३

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप विरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता


काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जाहेरी परेको हो।

पीडित भनिएकी बालिकाले प्रहरी ब्रित गौशालामा जाहेरी दिएको काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) रविन्द्र धानुकले जानकारी दिए।

प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । लामिछाने भने अहिले नेपाल बाहिर छन् । सन्दीप यतिबेला पूर्वी अफ्रिकी देश केन्यामा छन्। क्यारेबियन प्रिमियर लिग खेल्नका लागि राष्ट्रिय टिमको कप्तानी गर्दै उनी भदौ ६ गते केन्या प्रस्थान गरेका थिए। जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्