गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा तीन जनाको नाम सिफारिश, प्रदीप ज्ञवाली सर्वसम्मत
गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा उहाँसहित तीन जनाको नाम सिफारिश भएको छ । एमालका दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा पर्नुभएको छ । क्षेत्र नं २ बाट विष्टको स्थानमा तीन जनाको सिफारिस भएको छ ।
केन्द्रीय उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो । गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिनुभएको छ ।
क्षेत्र नम्बर २ मा भने पार्टी सचिव बिष्टसहित प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिश भएको हो । क्षेत्र नम्बर २ को क प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल, र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस हुनुभएको छ ।
प्रदेश ख मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण बिष्ट, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्