सभामुख सापकोटा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।
मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा, फूलम तामाङ, माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ ।
प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा, अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।
प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दाश, अपाङ्गबाट टिकाराम पराजुली सिफारिस हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अग्निप्रसाद सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्