उपकुलपतिको कार्यालयमा लागेको ताला तत्काल खोल्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद पदम गिरीले विशेष समय लिएर सत्ताधारी दलका विद्यार्थी सङ्गठनले लगाएको ताला तत्काल खोल्न माग गरेका हुन् । उपकुलपतिको कार्यालय बन्द हुँदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको भन्दै सांसद गिरीले सरकारको आलोचना समेत गरेका छन् ।
‘तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन,’ सांसद गिरीले भने, ‘यही भदौ ८ गते उपकुलपतिको कार्यकक्ष नै तोडफोड गरियो, भदौ १० गते विश्वविद्यालयको सामग्री र माइन्युट खोसिएको छ, त्यो शिक्षामन्त्रीले बुझ्नुभएको पाइएको छ, त्यो शिक्षामन्त्रीले बुझ्न पाउने हो कि होइन,’ उनले प्रश्न गरेका छन् ।
नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा स्वम् त्रिविको कुलपति हुनु र उनकै पार्टीसम्बद्ध विद्यार्थी सङ्गठनले विश्वविद्यालयका पदाधिकारीहरूलाई कुट्ने र मार्नेसम्मको धम्की दिँदै विश्वविद्यालय महिनौँदेखि बन्द गरिनु साह्रै लज्जाको विषय भएको सांसद गिरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालय, #पदम गिरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्