Techie IT
शुक्रबार, फागुन २,२०८१

रामेछापका प्रमुख जिल्ला अधिकारी शर्माले आगोलागी पिडितलाई घरमै पुगेर दिए राहात


रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापका प्रमुख कृष्ण प्रसाद शर्माले आँगोलागी बाट पिडित भएका परिवारलाई घरमै पुगी राहात प्रदान गरेका छन ।
स्थानिय ओख्रेनीको पिपलटामा घर आगलागी हुँदा छोरा गुमाएका शंखमान मगरको परिवारलाई

१ लाख रुपैयाँ, लत्ताकपडा, त्रिपाल र ओढ्ने ओछ्याउने ब्लाङकेट प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम जिल्ला प्रशासन कार्यलय रामेछापका प्रमुख शर्माले बताए ।

गत माघ १४ गते आगलागीबाट मगरको ११ महिनाका छोरा दिपेन्द्र मगरको मृत्यु भएको थियो ।

घर पूर्णरुपमा जलेर घरबार बिहीन भएका मगर परिवारलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले, त्रिपाल, ओढ्ने कम्मल, लगाउने कपडा, चप्पल, खाना पकाउने र खाने भाँडाहरु, ब्रस मञ्जन लगायत मगरको परिवारलाई आवश्यक पर्ने एकसरो आधारभूत सामग्री प्रदान गरेको छ ।

त्यसैगरी रामेछाप नगपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले पीडित परिवालाई ६५ हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामेछापका प्रमुख जिल्ला अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545