रामेछापका प्रमुख जिल्ला अधिकारी शर्माले आगोलागी पिडितलाई घरमै पुगेर दिए राहात
रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापका प्रमुख कृष्ण प्रसाद शर्माले आँगोलागी बाट पिडित भएका परिवारलाई घरमै पुगी राहात प्रदान गरेका छन ।
स्थानिय ओख्रेनीको पिपलटामा घर आगलागी हुँदा छोरा गुमाएका शंखमान मगरको परिवारलाई
१ लाख रुपैयाँ, लत्ताकपडा, त्रिपाल र ओढ्ने ओछ्याउने ब्लाङकेट प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम जिल्ला प्रशासन कार्यलय रामेछापका प्रमुख शर्माले बताए ।
गत माघ १४ गते आगलागीबाट मगरको ११ महिनाका छोरा दिपेन्द्र मगरको मृत्यु भएको थियो ।
घर पूर्णरुपमा जलेर घरबार बिहीन भएका मगर परिवारलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले, त्रिपाल, ओढ्ने कम्मल, लगाउने कपडा, चप्पल, खाना पकाउने र खाने भाँडाहरु, ब्रस मञ्जन लगायत मगरको परिवारलाई आवश्यक पर्ने एकसरो आधारभूत सामग्री प्रदान गरेको छ ।
त्यसैगरी रामेछाप नगपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले पीडित परिवालाई ६५ हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामेछापका प्रमुख जिल्ला अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्