सचिवालयको खर्च काटेर जवानको ब्यारेक बनाउँदै आइजिपी सिंह
काठमाडौं । प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ ।
सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म एक सय जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो । तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखी यसरी कार्यक्रम संशोधन गरी ब्यारेक बनाउन लागिएको प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईले बताए । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तल्लो तहका प्रहरीको सुविधामा बिशेष जोड दिएका छन् ।
भौतिक पूर्वाधार तथा कर्मचारीको सेवा सुविधातर्फ पछिल्लो समय प्रहरीमा प्रगती भइरहेको छ । कैलालीमा प्रहरी अस्पतालको शाखा स्थापना भएको छ । जसबाट सुदुरपश्चिमका प्रहरी तथा पूर्व प्रहरीले निशुल्क उपचार पाउनेछन् । चितवनको प्रहरी स्कुलमा छात्रावास भवन निर्माणको काम अघि बढेको छ ।
त्यस्तै वर्षौदेखि बन्द रहेको नेपाल प्रहरी क्लब पुननिर्माणपछि सुचारु भएको छ । त्रिपरेश्वरमा काठमाडौं उपत्यका बिशेष सुरक्षा प्रहरी गणको अत्याधुनिक भवन बनेको छ भने साँगास्थित प्रहरी स्कुलमा पनि नयाँ–नयाँ भवनहरु निर्माण भएका छन् । जसको गत साता मात्र उद्घाटन भएको थियो ।
काठमाडौं परिसर र उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा छ । २६ वर्षको प्रयासपछि काभ्रेको पनौतीमा प्रहरी निर्माणको काम अघि बढेको छ । तर, साइबर ब्यूरोको भवन निर्माणका लागि पनि कोरिया सरकारले सहयोग गर्ने सहमति भइसकेको छ । सुस्त गतिमा भएपनि पछिल्ला वर्ष प्रहरीले भौतिक निर्माणमा प्रगती गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #धिरजप्रताप सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्