रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ ।
आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएको छ । यसे घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको हो । प्रशासनका अनुसार आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब ४०० मिटरमा पूर्वतर्फ पर्ने जङ्गलमा बन्यजन्तुको आक्रमणमा परी मृत्यु भएको थियो ।
त्यसै विषयलाई लिएर सोमबार बिहान ११ बजेदेखि आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक करिब छ घण्टापछि खुलेको थियो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडि/पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक, #सुर्खेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्