भारतमा आज ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदै
नयाँ दिल्ली। भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले गौरव गरेको पाइएको छ ।
स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शुभकामना सन्देश पनि दिनुभएको छ ।
राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उहाँहरूले सबैलाई अपिल गर्नु भएको छ ।
अन्य देशका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिहरूले समेत भारतको राष्ट्रिय एकता दिवसप्रति गौरव गर्दै थप प्रगतिको शुभकामना दिएका छन् ।
उनीहरूले भारतको भौतिक विकास, मानवीय विकास, नयाँ आविश्कार र शासन प्रणालीमा थप विकास तथा परिपक्वतामा जोड दिएका छन् ।
यसअघि ७५ औ स्वतन्त्रता दिवसका अवसरमा भारतले वर्षभरी विषेश कार्यक्रमहरूको आयोजना गरेको थियो ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतमा लोकतन्त्रको तिव्र विकास भएकाले भारतको स्वतन्त्रता दिवसलाई विश्व राजनीतिमै महत्वका साथ हेर्ने गरिएको छ ।एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारत, #भारतमा ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्