मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न सांसदहरूको माग
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सत्ता पक्षका सांसदहरुले सरकारले कोरोना विरुद्धको खोप अभियान सफल बनाएको, तोकिएको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आगामी मङ्सिरमा हुने निर्वाचन पनि सफल रुपमा सम्पन्न गर्ने बताउनुभयो ।
प्रतिपक्ष दलका सांसदहरुले जनतामा गरिबी बढिरहेको भन्दै सरकारले मूल्य वृद्धि नियन्त्रण तत्काल गरी जनतालाई राहत दिनुपर्ने बताउनुभयो ।
सांसदहरु प्रकाश पन्थ, खिमलाल भट्टराई, गङ्गा कुमारी बेल्बासे, सिंहबहादुर विश्वकर्मा, सुरेशकुमार आलेमगर,उदयबहादुर बोहोरा, उर्मिला अर्याल, भगवती न्यौपाने, जितेन्द्रनारायण देवले विशेष समयमा आफ्नो धारणा राख्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते दिनको १२ बजेर ५९ मिनेटमा बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्