यात्रु बोक्ने मोटरसाइकल कारवाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ ।
उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिनुभयो । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको पन्तले जानकारी दिनुभयो ।
कारवाही गरिएका मोटरसाइकल चालकलाई रु एक हजारसम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको छ । नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतम निजी सवारीसाधनले यात्रु बोक्दा सार्वजनिक सवारी साधनलाई समस्या परेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #यात्रु बोक्ने मोटरसाइकल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्