नेविसङ्घमा धमाधम राजीनामा
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् ।
सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन् । उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन् ।
सङ्घका अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन् । “जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएका हौँ,” सहमहामन्त्री शर्माले भन्नुभयो । महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकाले राजीनामा दिनुपरेको शर्माले बताउनुभयो ।
“विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्छ,” केन्द्रीय सदस्य कल्पना खड्काले भन्नुभयो । यसअघि सङ्घका नौ पदाधिकारीले राजीनामा दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजीनामाhot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्