राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा टोकियोस्थित हिमालयन इन्टरनेशनल एकेडेमीको अवलोकन भ्रमण
काठमाडौं । नेपाल महोत्सवमा सहभागी हुन जापान पुग्नु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले टोकियोस्थित हिमालयन इन्टरनेशनल एकेडेमीको अवलोकन भ्रमण गर्नु भएको छ ।
अध्यक्ष तिमिल्सिनाले हिजो विद्यालयका प्रवर्द्धक, शिक्षक र व्यवस्थापन टोलीसँग विद्यालयमा हुने पठनपाठन र अतिरिक्त क्रियाकलापको अवलोकन गर्नुभएका हो ।
विद्यालयका प्रधानाध्यापक कालु सिंह मेहताका अनुसार अध्यक्ष तिमिल्सिनाले विद्यालयको पठनपाठन गतिविधि र विद्यालयले भोग्दै आएको समस्याबारे जानकारी लिनुभएको थियो ।
सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले विद्यालय व्यवस्थापनसँग जापानमा नेपाली भाषा, संस्कृति र परम्पराको प्रवद्र्धन गर्ने विषयमासमेत छलफल गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले विद्यालयको गतिविधिको प्रशंसा गर्दै विद्यालयका विद्यार्थीले स्कुलमा शिक्षा प्राप्त गरे पश्चात् जापान र विश्वभर नेपालको सांस्कृतिक दूत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भविष्यमा विद्यालयले सामना गर्न सक्ने कुनै पनि चुनौतीलाई समाधान गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद तिमिल्सिना, #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्