एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको आज अपराह्न बसेको बैठकको निर्णयअनुसार गत वैशाखमा सञ्चालन भएको एसइई परीक्षाको गरिएको हो ।
सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउने ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।।
गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।
त्यस्तै, विभिन्न वेबसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ।
नतिजा हेर्नका लागि www.see.gov.np , www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेबसाइटमा जान सकिने बोर्डले जनाएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एसईईको नतिजा सार्वजनिक, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्