निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन ः महानिरीक्षक खनाल
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ ।
महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताउनुभयो ।
यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उहाँले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उहाँले भन्नुभयो, “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।”
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्