बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला
काठमाडौँ । शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेको छ।
काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्।
उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।
आज बिहान करिब ७ बजेदेखि पुनःसुरक्षाकर्मीको टोलीले खोजी गर्दा हराएको ठाउँ नजिकै फेला परेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बेपत्ता किशोर मृत फेला
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्