Techie IT
सोमबार, साउन २५,२०८३

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट


काठमाडौं, २४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (आइतबार)बाट सुरू हुँदैछ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन गर्न निस्सा दिएको केही दिन पछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

त्यसो त देउवा समूहले पूर्व महामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९–३१ गते अलग्गै राष्ट्रिय भेला आयोजना गरेको छ ।

विगत ५ महिनादेखि सिंगापुर र हङकङमा स्वास्थ्य उपचाररत देउवा साउन २८ गते स्वदेश फर्किने र कोइरालाको नेतृत्वको भेलालाई देउवाले सम्बोधन गर्ने तय भएपछि कांग्रेस लगभग विभाजनको संघारमा पुगेको छ । सो दिनसम्म पनि गगन थापा नेतृत्वको कांग्रेसले एकताका लागि पहल नगरेमा अलग्गै पार्टी घोषणा गर्ने तयारी कोइराला समूहले गरेपछि कांग्रेस यतिखेर औपचारिक रुपमा दुई चिरा हुने निकट अवस्थामा पुगेपछि थापा कांग्रेसले आजबाट केन्द्रीय समिति बैठक बोलाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको केन्द्रीय समिति


तपाईको कमेन्ट लेख्नुहोस्