स्थानीय निकाय ठप्प हुँदा सेवाग्राही समस्यामा
क्षेत्रपाटीका ३० वर्षीय देवीप्रसाद पाठक घरको नक्शा पास गर्न भनी महानगरपालिका आइपुग्नुभयो । तर देशभरका स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा गरेको आन्दोलनका कारण काम नै नभई उहाँ फर्कनुप¥यो । “आन्दोलन भन्ने त थाहा थियो, तर पनि काम हुन्छ कि भनेर आएको, काम नै भएन्”, उहाँले भन्नुभयो ।
एकातिर कर्मचारी आन्दोलनमा हुनु तर सरकार त्यसतर्फ उदासिन नहुनुको प्रत्यक्ष असर सेवाग्राहीमा परिरहेको उहाँले बताउनुभयो । पाठकजस्तै अन्य सेवाग्राही पनि महानगरपालिकाको सेवा ठप्प भएपछि त्यसै फर्कने गरेका छन् । महानगरको सिफारिशका लागि आइपुग्नुभएका बानेश्वरका श्यामकृष्ण श्रेष्ठले सेवा ठप्प हुँदा आफ्नो दैनिक कामकाजमा असर गरेकोे बताउनुभयो । स्थानीय तहका कर्मचारी आन्दोलनमा हुनुले आफूलाई नकारात्मकतातिर धकेलिएको उहाँको ठम्याइ छ ।
राज्यले नागरिकलाई दिने मौलिक हक सरकारले देला भन्ने आशाले पहिले पटकपटक ज्ञापनपत्र बुझाए पनि ध्यानाकर्षण नभएपछि आन्दोलनमा गएको स्थानीय तह कर्मचारी सङ्गठन काठमाडाँैका अध्यक्ष शम्भु बरालले बताउनुभयो ।
“आन्दोलनसँगै सरकारसँग कर्मचारी सङ्गठनले पटकपटक वार्ता पनि गरिरहेको छ तर पनि हाम्रो माग सम्बोधन भएको अवस्था भने छैन”, बरालले भन्नुभयो । वार्ताका क्रममा आफ्नो मागका सम्बन्धमा प्रधानमन्त्री गम्भीर हुनुभए पनि आफ्नो मागलाई सम्बोधन हुन नदिन बाहिरी तत्वको चलखेल रहेको आरोप उहाँको छ ।
सरकारले आफ्नो माग सुनुवाइ नगरेपछि आगामी दिनमा कसरी जाने भन्ने मङ्गलबार कर्मचारीको भावनाअनुरुप तय गरिने उहाँले जानकारी दिनुभयो ।
विसं २०७४ को विधेयकले अस्थायी कर्मचारीलाई स्थायी गर्ने विषय कार्यान्वयन नभएपछि त्यसैलाई मुख्य विषय बनाएर कर्मचारी आन्दोलनमा होमिएका हुन् । अस्थायीलाई स्थायी बनाउनुपर्ने, कर्मचारी समायोजन र फोहरमैलासम्बन्धी काम गर्ने कर्मचारीको भविष्य सुनिश्चित गर्नुपर्ने माग उनीहरुको छ ।
निर्मलाको न्यायका निम्ति हस्ताक्षर
‘निर्मलाका निम्ति न्याय, न्यायका निम्ति आवाज’ भन्ने प्रतिबद्धताका साथ आज त्रिभुवन विश्वविद्यालयका विद्यार्थीबाट गरिएको हस्ताक्षर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा बुझाएका छन् । त्रिवि अन्तर्गत केन्द्रीय विभाग कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस र शङ्करदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट गरिएको हस्ताक्षर बुझाइएको हो ।
सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको र घटनासँग असम्बन्धित व्यक्तिलाई समातेको भन्दै दबाब दिन हस्ताक्षर बुझाइएको त्रिवि कीर्तिपुरमा अध्ययनरत छात्रा सीमा त्रितालले बताउनुभयो । “मानवअधिकारका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न हस्ताक्षर बुझाएका हौँ”, उहाँले भन्नुभयो ।
हस्ताक्षर बुझाउन एक महीनाअघिदेखि सबैबाट सङ्कलन गरिएको विश्वविद्यालयका विद्यार्थी रोमश खतिवडाले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट पटक÷पटक आन्दोलन गर्दा पनि सरकार उदासिन भएकाले त्रिविअन्तर्गतका विद्यार्थी एकजुट भई निर्मलाको न्यायका निम्ति दबाब खडा गर्न खोजिएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्थानीय निकाय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्