हुबहु प्रश्नपत्रमा संलग्न शिक्षकहरुलाई ३ वर्षसम्म बन्देज, परीक्षा पुनः साउन १ गते सञ्चालन गर्न
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए छैठौं सेमेस्टरको ‘अर्गनाइजेसनल विहेवियर’ विषयको परीक्षा साउन १ गते पुनः हुने भएको छ ।
गत असार २२ भएको परीक्षामा प्रिबोर्डको प्रश्नपत्र हुबहु सारिएपछि रद्द गरिएको थियो ।
यसै शैक्षिक सत्रमा मोडर्न नेपाल कलेज सोह्रखुट्टेको प्रि–बोर्डमा सोधिएको प्रश्नपत्रहरु हुबहु नक्कल भएपछि विद्यार्थीहरुले चर्को विरोध गरेका थिए ।
त्रिविले भने ति प्रश्नपत्रहरु परीक्षा सकिएपछि मात्रै डीन कार्यालयमा प्राप्त भएको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित परीक्षाका विभिन्न विषयहरुको प्रश्नपत्रहरुको सम्बन्धमा विवाद उत्पन्न भएपछि त्रिवि कार्यकारी परिषदले छानविन समिति गठन गरेको थियो ।
समितिले दिएको प्रतिवेदनअनुसार यसअघि लिइएको परीक्षा रद्द गरी साउन १ गते सञ्चालन गर्न त्रिवि कार्यकारी परिषदको २७ गतेको बैठकले निर्णय गरेको हो ।
साथै प्रश्न निर्माण गर्ने शिक्षकलाई ३ वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने भनी गरिएको निर्णयलाई परिषदले अनुमोदन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्रिभुवन विश्वविद्यालय, #प्रिबोर्डको प्रश्नपत्र हुबहु, #हुबहु प्रश्नपत्रमा संलग्न शिक्षकहरुलाई ३ वर्षसम्म बन्देज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्