मिर्गौला पीडित आलेको उपचारका लागि आर्थिक सहयोग
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् ।
दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिए । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताए ।
आर्थिक अवस्था कमजोर भएकी आलेको उपचारका लागि सुरेश लामा, किरण कुमाल, हरि कुमाल, सुभाष पुन, प्रताप लामालगायतको दुबईमा कार्यरत नेपालीहरुको सक्रियतामा सहयोग रकम सङ्कलन गरिएको हो । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्