एमाले अर्थ विभागमा आएको नाम मेरो होइनः महाप्रसाद अधिकारी
काठमाडौँ । नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम. अधिकारी आफू नभएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा एम. अधिकारी गभर्नर भएको भन्दै आशंका व्यक्त गरिएकोमा गभर्नर अधिकारीले ट्वीटरमार्फत एमालेको विभागको नाम आफ्नो नरहेको जानकारी गराएका हुन् ।
गभर्नरले भनेका छन्, ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन । म कुनै पार्टीसँग जोडिएको पनि छैन ।’
उता एमालेका सचेतक विशाल भट्टराईले पनि एम. अधिकारी नाम गरेका एमालेका अन्य नेता भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गभर्नर अधिकारी, #महाप्रसाद अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्