आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो । यस्तो भुक्तानी चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको हो । महालेखा नियन्त्रकका अनुसार आज आइतबार मात्र चालु खर्च तर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ भने पुँजीगत तर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भएको छ ।
चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको सरकारले अन्तिमसम्ममा कुल १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ खर्च गर्न सकेको छ । यो भनेको कुल बजेटको ८५.८ प्रतिशतको खर्च हो ।
समग्रमा यस वर्ष विनियोजित बजेटको १४.२ प्रतिशत बजेट खर्च गर्न सकेन । तथापि, यस्तो खर्च पुँजीगततर्फ अझ ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोे सरकारले असार २६ गतेसम्म जम्मा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
जुन विनियोजित बजेटको ५०.११ प्रतिशत हो । विनियोजित बजेटको आधा मात्र खर्च गर्न हुन सकेकोमा पुँजीगत (विकास) खर्च आधा नै फ्रिज हुने देखिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२)अनुसार सरकारी कार्यालयहरूबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिन पहिले नै सम्पूर्ण रोक्नुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #चालु आर्थिक वर्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्