ईसीएपी नेपाल फाउन्डेसनद्वारा सातौँ राष्ट्रिय कथावाचन प्रतियोगिता सम्पन्न, लक्ष्मीकुमारी भुजेल प्रथम
विद्यालय तहको कक्षाकोठामा कथावाचन शैलीलाई थप प्रभावकारी, शिक्षणमुखी र रचनात्मक बनाउने उद्देश्यका साथ आयोजना गरिएको ‘सातौँ राष्ट्रिय कथावाचन प्रतियोगिता’ भव्यताका साथ सम्पन्न भएको छ। प्रारम्भिक बाल विकास (ECD) को क्षेत्रमा क्रियाशील संस्था ‘ईसीएपी नेपाल फाउन्डेसन’ (ECAP Nepal Foundation) को आयोजनामा सम्पन्न यस प्रतियोगितामा देशभरका १०० भन्दा बढी बालशिक्षक तथा कथावाचकहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै लक्ष्मीकुमारी भुजेल प्रथम हुनुभएको छ भने सन्ध्या मिजार द्वितीय, जानुका कँडेल तृतीय, रश्मिता नापित चतुर्थ र सन्दिपा पौडेल पाँचौँ हुनुभएको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै संस्थाकी संस्थापक बिमला गुरुङले कथावाचन केवल एउटा प्रतिस्पर्धा वा मनोरञ्जनको माध्यम मात्र नभई बालबालिकाको समग्र मानसिक, सामाजिक र भाषिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण साधन भएको बताउनुभयो। प्रारम्भिक बाल विकास र प्राथमिक तहको शिक्षण प्रक्रियामा कथावाचनले मेरुदण्डको काम गर्ने उल्लेख गर्दै उहाँले यस्ता प्रतियोगिताहरूले शिक्षकहरूमा कथा भन्ने कला, भावपूर्ण हाउभाउ र प्रस्तुति शैलीको विकास गराउने धारणा व्यक्त गर्नुभयो। शिक्षकहरू स्वयम् रचनात्मक बन्दा त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव बालबालिकाको सिकाइ क्षमतामा पर्ने र कक्षाकोठाका निरस तथा सुष्क विषयवस्तुलाई पनि रोचक बनाएर प्रस्तुत गर्न सकिने उहाँको भनाइ थियो।
गुरुङका अनुसार बाल्यकालमा कथा सुन्दा बालबालिकामा कल्पनाशक्ति, कौतूहल र सिर्जनात्मक सोचको ढोका खुल्ने गर्दछ। कथाका माध्यमबाट बालबालिकाहरूले नयाँ-नयाँ शब्दहरू सिक्ने, वाक्य गठन बुझ्ने र सही उच्चारण तथा हाउभाउ पहिचान गर्ने अवसर पाउने भएकाले यसले उनीहरूको भाषिक दक्षता र अभिव्यक्ति क्षमतालाई सुदृढ बनाउँछ। यसका साथै कथाहरूमा समाविष्ट नैतिक मूल्य, मानवीय संवेदना र सामाजिक आदर्शहरूले बालबालिकामा सहानुभूति, सहकार्य र अनुशासनजस्ता असल चरित्रहरूको निर्माण गर्न मद्दत पुर्याउँछन्।

परम्परागत शिक्षण विधिलाई विस्थापित गर्दै बालकेन्द्रित र व्यवहारिक सिकाइ वातावरण सिर्जना गर्न यस्ता राष्ट्रियस्तरका प्रतियोगिताहरूले ठूलो योगदान पुर्याउने विश्वास बिमला गुरुङले व्यक्त गर्नुभयो।
देशभरका शिक्षकहरूलाई एउटै मञ्चमा ल्याएर आफ्ना अनुभव, सीप र नवीन विचारहरू साटासाट गर्ने अवसर प्रदान गर्नाले शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि हुनुका साथै बालबालिकाको सिकाइलाई दिगो र रमाइलो बनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #ईसीएपी नेपाल फाउन्डेसनद्वारा सातौँ राष्ट्रिय कथावाचन प्रतियोगिता सम्पन्न, #लक्ष्मीकुमारी भुजेल प्रथम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्