कमला न्यौपानेको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना
ललितपुर, २९ मङ्सिर – नेपाल हार्ट फ़ाउण्डेशनले स्वर्गिय कमला न्यौपानेको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेको छ । स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेको अग्रसरतामा उक्त अक्षयकोष स्थापनामा आएको हो । नेपाल हार्ट फ़ाउण्डेशनको एक लाख सहयोग र स्वर्गिय कमला न्यौपानेको परिवारजनका तर्फबाट ५ लाख रूपैया सहयोगमा अक्षयकोष स्थापना भएको हो ।
अक्षयकोष स्थापनाका लागि नेपाल हार्ट फ़ाउण्डेशन, ललितपुर शाखामा शनिबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल हार्ट फ़ाउण्डेशनका तर्फबाट केन्द्रिय अध्यक्ष पुष्पराज राजकर्णिकार र परिवारका तर्फबाट स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल हार्ट फ़ाउण्डेशनका पूर्व अध्यक्ष दिल्ली खनाल, बरिस्ठ इंजिनियर डिल्ली रत्न शाक्य लगायतको उपस्थिती रहेको थियो । मुटु रोगी र अशक्तहरुको आवश्यक सहयोगका लागि उक्त अक्षयकोष स्थापना गरिएको बताईएको छ ।
सामाजिक कार्यमा संलग्न रहदै आएकी कमला न्यौपानेको मुटु रोगको उपचारका क्रममा २०७४ कार्तिक ३० गते निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #अक्षयकोष स्थापना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्