कमला न्यौपानेको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना
ललितपुर, २९ मङ्सिर – नेपाल हार्ट फ़ाउण्डेशनले स्वर्गिय कमला न्यौपानेको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेको छ । स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेको अग्रसरतामा उक्त अक्षयकोष स्थापनामा आएको हो । नेपाल हार्ट फ़ाउण्डेशनको एक लाख सहयोग र स्वर्गिय कमला न्यौपानेको परिवारजनका तर्फबाट ५ लाख रूपैया सहयोगमा अक्षयकोष स्थापना भएको हो ।
अक्षयकोष स्थापनाका लागि नेपाल हार्ट फ़ाउण्डेशन, ललितपुर शाखामा शनिबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल हार्ट फ़ाउण्डेशनका तर्फबाट केन्द्रिय अध्यक्ष पुष्पराज राजकर्णिकार र परिवारका तर्फबाट स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल हार्ट फ़ाउण्डेशनका पूर्व अध्यक्ष दिल्ली खनाल, बरिस्ठ इंजिनियर डिल्ली रत्न शाक्य लगायतको उपस्थिती रहेको थियो । मुटु रोगी र अशक्तहरुको आवश्यक सहयोगका लागि उक्त अक्षयकोष स्थापना गरिएको बताईएको छ ।
सामाजिक कार्यमा संलग्न रहदै आएकी कमला न्यौपानेको मुटु रोगको उपचारका क्रममा २०७४ कार्तिक ३० गते निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #अक्षयकोष स्थापना
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्