प्रतिकिलो १७ रूपियाँका दरले बेचियो एसईईको प्रश्नपत्र
गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईका प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले बिक्री गरेको छ ।
बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताए । ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।
उनका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कार खानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माध्यमिक शिक्षा परीक्षा एसईई, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्