नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर २०४३.६६ को बिन्दुमा पुगेको छ ।
बुधबार कुल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० मूल्यमा खरिद बिक्री भए । नेप्से बढे पनि मङ्गलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब ७८ करोडको कारोबार भएको थियो ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटाले गुमाए भने बाँकीको सेयर मूल्यमा बढेको छ । बैंकिङ ०.०५, निर्जीवन बीमा ०.४२ र सामूहिक लगानी कोष ०.५६ प्रतिशतले ओरालो ले भने अन्य सबैको सेयर मूल्य उकालो लागेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से, #सेयर कारोबार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्