काठमाडौं प्रहरी प्रमुखमा भरत बोहोरा र अपराध अनुसन्धानमा जनक भट्टराई
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा जनक भट्टराईको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो पठाइएको छ । खनाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत थिए ।
यस्तै विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा काज सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय महानिरीक्षको सचिवालयमा कार्यरत थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #गृह मन्त्रालय, #जनक भट्टराई, #भरत बोहोरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्